Ad imageAd image

प्रतिनिधिसभामा राष्ट्रिय पोशाक र प्रधानमन्त्रीको व्यवहारबारे सांसद गुरु बरालको प्रश्न

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले राष्ट्रिय पोशाकको परिपालना र प्रधानमन्त्रीको भूमिकाबारे प्रश्न उठाएका छन् ।


सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले देशले सुशासन, राष्ट्रिय मर्यादा र राष्ट्रिय पहिचानको माग गरिरहेको बताएका हुन् । उनले संयुक्त सदनमा हुने राष्ट्रिय महत्वका बैठकमा राष्ट्रिय पोशाकको अनिवार्य परिपालना हुनुपर्ने धारणा राख्दै सभामुखमार्फत रुलिङको माग गरे ।


उनले भने, ‘आज देशले सुशासनसँग जोडिएर राष्ट्रिय मर्यादाको माग गरेको छ, राष्ट्रिय पहिचानको माग गरेको छ । प्रधानमन्त्रीज्यूले दुईवटा राष्ट्रिय महत्वका बैठकमा राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्ने हो कि होइन ? चलन त्यसै चल्दैन, चलाएपछि चल्छ । हामीले देशमा कस्तो चलन चलाउने हो ? म सभामुख महोदयमार्फत यस विषयमा रुलिङको माग गर्दछु ।’


यसैगरी, सांसद बरालले राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रमका क्रममा प्रधानमन्त्रीको व्यवहारमाथि पनि प्रश्न उठाए । राष्ट्रपति सम्बोधन गरिरहँदा प्रधानमन्त्री बीचमै उठेर बाहिरिएको भन्दै उनले नीति तथा कार्यक्रमप्रति प्रधानमन्त्रीको ‘ओनरशिप’बारे संसद्ले बुझ्न चाहेको बताए ।

- Advertisement -
Ad imageAd image


उनले भने, ‘राष्ट्रपतिज्यूले नीति तथा कार्यक्रम सम्बोधन गरिरहनु भएको छ। देशको प्रधानमन्त्री कार्यक्रम टेबल गर्ने प्रक्रियामा अगाडि बढ्नुपर्ने भएको थियो, बीचमै उठेर बहिष्कार गरेर हिँडेको हामीले देख्यौं। यसले यो नीति तथा कार्यक्रमप्रतिको उहाँको ओनरशिप के हो, यो संसद्ले बुझ्न चाहन्छ।’

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
overcast clouds
22° _ 22°
82%
1 km/h
आइत
29 °C
सोम
31 °C
मंगल
30 °C
बुध
31 °C
बिहि
27 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ