Ad imageAd image

सुन तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउन सांसदको माग

राष्ट्रिय समाचार समिति(रासस)
3 मिनेटमा पढ्न सकिने

काठमाडौँ : सांसदहरुले सुन तस्करीमा संलग्नलाई कानुनी कारबाही गर्न, सहकारीपीडितको समस्या समाधान गर्न, वैदेशिक रोजगारीमा जानेलाई निःशूल्क तालिमको व्यवस्था गर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बेठकको विशेष समयमा बोल्दै उहाँहरुले सुन तस्करी, सहकारी ठगीलगायत गतिविधिलाई नियन्त्रण गर्दै सुशासन प्रवद्र्धनमा सरकार अग्रसर हुनुपर्ने माग गर्नुभयो । सांसद राजेन्द्रकुमार केसीले सहकारीपीडितका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सुन तस्करीका आरोपितलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद सञ्जयकुमार गौतमले सुन तस्करीका आरोपितलाई कारबाही गर्न सरकार समक्ष माग गर्नुभयो । सांसद सूर्यबहादुर थापा क्षेत्रीले सुनको अबैध पैठारी तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गरी कार्यान्वयन गर्न सरकार समक्ष माग गर्नुभयो । सांसद रामप्रकाश चौधरीले सुन तस्करी प्रकरणमा मुछिएका सबैलाई कानुनी दायरामा ल्याइनुपर्ने बताउनुभयो ।

सांसद प्रेम सुवालले सुन तस्करीमा संलग्नलाई शीघ्र कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामेछानेलाई बुझाएको थियो ।

- Advertisement -
Ad imageAd image

उक्त प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाउनुभएको थियो । निःशुल्क तालिमको माग सांसद भीमप्रसाद आचार्यले वैदेशिक रोजगारीमा जाने कामदारलाई निःशुल्क विषयगत तालिमको व्यवस्था गर्न माग गर्नुपर्ने बताउनुभएको छ । उहाँले कम्तीमा छ महिना तालिम नलिएका कामदारलाई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो ।

सांसद आचार्यले रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सङ्घीय सरकारले प्रत्येक पालिकामा त्यस्ता कामदारलाई लक्षित गरी निःशूल्क विषयगत तालिमको व्यवस्था गर्नुपर्ने खाँचो औँल्याउनुभयो । सांसद पूर्णबहादुर घर्तीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै राजनीतिक दलहरुले सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सांसद निशा डाँगीले बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बुद्धिमान तामाङले राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षणलाई व्यवस्थित गरिनुपर्ने बताउनुभयो । सांसद प्रदीप यादवले जलवायु परिवर्तनको असर नेपालभर परिरहेको तथा वायुमण्डल, जमिन, पानी र वन्यजन्तुमा परिरहेको भन्दै यसको जोखिम न्यूनीकरण गर्न सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले ठूला देशले गरेको तीव्र औद्योगिकीकरणका कारण विश्वको तापमान वृद्धि भई नेपालजस्ता मुुलुकलाई बढी असर परेको उल्लेख गर्नुभयो । सांसद शेरबहादुर कुँवरले दुरदराजका जनताले प्राथमिक स्वास्थ्य उपचार नपाएर अकालमा ज्यान गुगाइरहेको भन्दै नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चिता गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद सीताकुमारी रानाले सहकारीपीडितलाई न्याय दिन सरकारले गम्भीर पहल गर्नुपर्ने माग गर्नुभयो । सांसद सूर्यकुमारी श्रेष्ठले वैदेशिक रोजगारीका क्रममा नेपाली नागरिकले भोग्नुपरेका पीडा मर्कालाई ध्यान दिएर तत्सम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन माग गर्नुभयो ।

सांसद मैना कार्कीले गठबन्धन सरकारले सुशासनसहितको आर्थिक विकास र समृद्धिका लागि प्रभावकारी काम गर्नुपर्ने खाँचो औंल्याउनुभयो । सभामुखद्वारा ध्यानाकर्षण सभामुखको आसनमा रहनुभएका उपसभामुख इन्दिरा राना मगरले प्रतिनिधिसभा नियमावलीको नियम २० खण्ड (य) मा बैठकको कार्यसँग प्रत्यक्ष रुपले सम्बन्धितबाहेक अन्य विषयको पुस्तक, समाचार पत्र वा अन्य कागजपत्र पढ्न नहुने भनी बैठकमा पालना गर्नुपर्ने नियमको व्यवस्था भएकोबारे सांसदहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
scattered clouds
20° _ 20°
94%
3 km/h
सोम
20 °C
मंगल
27 °C
बुध
27 °C
बिहि
25 °C
शुक्र
17 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ