Ad imageAd image

अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता : डा सापकोटा

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता भएको बताउनुभएको छ ।

‘एसिया र विश्व: समान चुनौती, साझा दायित्व’ नारामा चीनको हाइनान प्रान्तमा आयोजित बोआओ फोरममा नेपालका तर्फबाट आज सम्बोधन गर्दै उहाँले आर्थिक कूटनीतिका विविध प्राथमिकताबारे नेपालको धारणा राख्नुभएको हो ।

सो सम्बोधनमा उहाँले भन्नुभयो, “भूराजनीतिक द्वन्द्व, विश्व राजनीतिमा बढ्दो राजनीतिक ध्रुवीकरण र कमजोर सहकार्यलगायतले गर्दा नेपालको बहुपक्षीय एवं आर्थिक विषयमा अन्तर्राष्ट्रिय सहकार्य सोचेअनुसार अगाडि बढाउन कठिन भइरहेको छ ।”

सल्लाहकार डा सापकोटाले अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने नेपालको लक्ष्य, जलवायु परिवर्तनको प्रकोपलाई समयसापेक्ष सम्बोधन र नेपालको समग्र आर्थिक विकास एवं समृद्धि हासिल गर्न राखिएका लक्ष्यमा सघाउन अनुरोध गर्नुभयो ।

- Advertisement -
Ad imageAd image

“विश्वले अहिले सामना गरिरहेको आर्थिक सङ्कट, ऊर्जा एवं खाद्य सङ्कट, जलवायु परिवर्तनको प्रभावजस्ता विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्न बोआओ फोरमजस्ता मञ्चहरू केन्द्रित हुनुपर्छ”, उहाँले भन्नुभयो, “पछिल्ला विश्वयापी सङ्कटका कारण नेपालजस्ता दक्षिण गोलाद्र्धका विकासोन्मुख मुलुकहरू अझ बढी मारमा परेका छन् ।”

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
overcast clouds
23° _ 23°
71%
आइत
29 °C
सोम
30 °C
मंगल
27 °C
बुध
26 °C
बिहि
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ