Ad imageAd image

‘नो हर्न’ अभियान थप शसक्त, नौं हजार आठसय कारवाहीमा

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘नो हर्न’ अभियानलाई थप कडाइ गरिएको छ ।


काठमाडौं उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । ‘नो हर्न’लाई अभियानकै रुपमा संचालन गरि पर्चा पम्प्लेट बितरण, सचेतना कार्यक्रम संचालन, नो हर्न स्टिकर टाँसलगायत बिबिध कार्यक्रम गरि हर्नको अनावश्यक प्रयोगमा कमी आएको थियो ।


सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भएपनि पछिल्ला दिनहरुमा क्रमशः हर्नको प्रयोगमा वृद्धि भएपश्चात कडाईका साथ कारवाही ट्राफिक प्रहरीले गर्दै आएको छ । सवारी साधनले अनावश्यक रुपमा हर्न बजाएर बृद्धि हुने ध्वनी प्रदुषणलाई निरुत्साहित गरि प्रदुषण कम गर्न कडाईका साथ प्रस्तुत हुँदै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए ।


जथाभावी हर्न वजाउँदा पैदलयात्री बिशेषगरी वालवालिका, जेष्ठ नागरिक तथा बिरामीहरुको स्वास्थ्यमा धेरै असर गर्ने गुनासोहरुलाई समेत ध्यानमा राखी नियमित निग्रानी र कारवाही गरिदै आएको डिआजी बोहराले बताए ।

- Advertisement -
Ad imageAd image


पछिल्लो समय ट्राफिक प्रहरी नभएको स्थानमा फेरि सवारी साधनहरुले हर्न बजाउन शुरु गरेका छन् । गत आव०८०।८१ मा अनाबश्यक रुपमा हर्नको प्रयोग गर्ने १०१२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ भने यस बर्ष समेत नौ हजार आठसय तीस सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाहीगरेको छ ।


जथाभावी रुपमा साइलेन्सरलाई मोडिफाई गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निकाल्ने मोटरसाइकलहरु र प्रेसर हर्न बजाउने सवारी साधनले बढि धवनी प्रदुषण गर्ने गरेको छ । दुर्घटना हुने अवस्था भएमा वा सडकको एक भागबाट अर्को भाग नदेखिने घुम्ती मोडहरु भएको स्थानमा अति आवश्यक परेको खण्डमा मात्र हर्नको प्रयोग गर्न हुन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
84
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
broken clouds
22° _ 22°
68%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
31 °C
आइत
30 °C
सोम
30 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ