Ad imageAd image

पाँच नेता लोसपाको केन्द्रीय सचिवालयमा मनोनयन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पाँच नेतालाई केन्द्रीय सचिवालयमा मनोनयन गरेको छ । अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै विभिन्न पदमा पाँच नेतालाई मनोनयन गरिएको जानकारी दिनुभएको हो ।

संशोधित विधान अनुसार पार्टीको केन्द्रीय कार्यालय व्यवस्थापन, सञ्चालन तथा पार्टीको निर्णय कार्यान्वयन गर्ने उद्देश्यले पाँच सचिवालयमा मनोनयन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मनोनयन अनुसार निर्जला राउतलाई केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै डा सुरेन्द्र कुमार झालाई केन्द्रीय महासचिव, कविन्द्रनाथ ठाकुरलाई केन्द्रीय महासचिव तथा कोषाध्यक्ष, ज्ञानेन्द्र कुमार झालाई केन्द्रीय महासचिव, विनोद कुमार सिंहलाई केन्द्रीय महासचिव, डा आभास लाभलाई केन्द्रीय प्रवक्ता र प्रदीप कुमार पाठकलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तोकिएको छ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
83%
2 km/h
आइत
19 °C
सोम
25 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ