Ad imageAd image

थाईल्याण्डस्थित (NRNA NCC Thailand) एनआरएनएले नेपाली राजदूतावासलाई ध्यानाकर्षण गराउँदै सहकार्यको आग्रह

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक, जेठ २१ — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) थाईल्याण्डले थाईल्याण्डस्थित नेपाली समुदायका समस्याहरू समाधान गर्न नेपाल राजदूतावास, बैंककसँग सहकार्यको माग गर्दै औपचारिक ध्यानाकर्षण पत्र बुझाएको छ।

संघका संयोजक सञ्जय ढकालले राजदूत धनबहादुर ओलीलाई बुझाएको पत्रमा नेपालीहरूको हकहित संरक्षण, मानव बेचबिखनका घटनाको समाधान, वैदेशिक रोजगारमा देखिएका समस्याहरू, औपचारिक रेमिट्यान्स प्रवाहको अभाव, पर्यटन प्रवर्द्धन, र नेपाल–थाई सम्बन्ध मजबुत पार्ने विषयमा सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।

पत्रमा नेपालमा लगानी गर्न इच्छुक प्रवासी नेपाली र थाई लगानीकर्ताका लागि सहज वातावरण निर्माण गर्न र आवश्यक समन्वय तथा परामर्शमा सहयोग पुर्‍याउन पनि दूतावासलाई अनुरोध गरिएको छ।

संघले ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मर्म अनुरूप काम गरिरहेको उल्लेख गर्दै, दूतावाससँगको सहकार्यलाई थप सशक्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

- Advertisement -
Ad imageAd image
सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
94%
1 km/h
शुक्र
24 °C
शनि
26 °C
आइत
26 °C
सोम
24 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ