Ad imageAd image

गैरआवासीय नेपाली संघ (NRNA) थाईल्याण्डद्वारा घोषणापत्र सार्वजनिक, नेपाली हितका १९ बुँदे प्रतिबद्धता

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक, थाईल्याण्ड – थाईल्याण्डस्थित गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC Thailand) ले हालै एक घोषणापत्र जारी गर्दै थाईभूमिमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको हकहित र समृद्धिको लागि १९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ।

“नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई आत्मसात् गर्दै, NRNA थाईल्याण्डले नेपाली समुदायको सेवा, समन्वय र सशक्तिकरणमा केन्द्रित योजनाहरू प्रस्तुत गरेको छ। घोषणापत्रमा कूटनीतिक सम्बन्ध सुदृढीकरणदेखि प्रवासी मुद्दाको सम्बोधन, नेपाली कला-संस्कृति प्रवर्द्धन, श्रमिक र व्यवसायिक हित संरक्षण, शिक्षा, स्वास्थ्य, रेमिट्यान्स सुधार र पर्यटन प्रवर्द्धनसम्मका महत्त्वपूर्ण पहलहरू समेटिएको छ।

विशेषगरी थाईल्याण्डमा कानुनी रूपमा दर्ता प्रक्रिया अघि बढाउने, नेपाली उत्पादनको बजार विस्तार गर्ने, र नेपाली बालबालिकाको अध्ययन सहजीकरणजस्ता व्यवहारिक पक्षहरूमा संघले सक्रिय भूमिका खेल्ने बताइएको छ।

यसका अतिरिक्त, सदस्यता विस्तार अभियानअन्तर्गत एनआरएनए थाईल्याण्डका सदस्यहरूलाई स्वास्थ्य, बीमा, रेस्टुरेन्ट, किराना पसल, बैंकिङ तथा दूरसञ्चार सेवामा विशेष छुट र सुविधाहरूको व्यवस्था गर्ने तयारी भइरहेको जनाइएको छ।

- Advertisement -
Ad imageAd image

संघका प्रतिनिधिहरूका अनुसार, “यो घोषणापत्र थाईल्याण्डमा रहेका नेपालीहरूका आवाज, आवश्यकता र आकांक्षाहरूको प्रतिबिम्ब हो। हामी मातृभूमिको गौरव र प्रवासी नेपालीको हितका लागि निरन्तर प्रतिवद्ध छौं।”

एनआरएनए थाईल्याण्डले सबै नेपालीहरूको निरन्तर साथ र सहयोगको अपेक्षा गर्दै घोषणापत्र कार्यान्वयनमा सशक्त रुपमा अघि बढ्ने जनाएको छ।

सेयर: 35
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
overcast clouds
28° _ 28°
56%
1 km/h
शुक्र
26 °C
शनि
31 °C
आइत
31 °C
सोम
28 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ