Ad imageAd image

एक सय ७२ रोपनीमा लगाएको अफिमखेती फँडानी

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

रुकुमपश्चिम । रुकुमपश्चिमको विभिन्न ठाउँमा एक सय ७२ रोपनीमा लगाएको लागूऔषध अफिमखेती फँडानी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले यही महिना एक सय ७२ रोपनीमा लगाएको अफिमखेती नष्ट गरेको हो ।

जिल्लाको आठबीसकोट, मुसीकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँका एक सय ७२ रोपनी जग्गामा लगाएको अफिमखेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

सूचना अधिकारी खड्काका अनुसार आठबीसकोट नगरपालिका-१ स्याला र २ कालजुरा भन्ने ठाउँमा ६० रोपनी, १२ नम्बर वडाकोे कुरल र लामपुजामा ४५ रोपनीमा लगाएको अफिमखेती नष्ट गरिएको हो ।

त्यस्तै सानीभेरी गाउँपालिका-३ को तिमिले, कमैदे र काफिगैरामा २९ रोपनी, मुसीकोट नगरपालिका-८ घोरखानीमा एक रोपनी र आठबीसकोट नगरपालिका-३ दाङ भन्ने स्थानसहित वडा नम्बर ७ को स्यालाकोट र डाँफेमा ३७ रोपनी गरेर जम्मा एक सय ७२ रोपनी जग्गामा लगाएको अफिमखेती नष्ट गरिएको प्रहरी निरीक्षक खड्काले बताउनुभयो ।

- Advertisement -
Ad imageAd image
सेयर: 7
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
26°C
Kathmandu
overcast clouds
26° _ 26°
75%
2 km/h
बिहि
25 °C
शुक्र
24 °C
शनि
24 °C
आइत
25 °C
सोम
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ