Ad imageAd image

प्रदेश सभाको बहुमतबाट नीति तथा कार्यक्रम पारित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख नजिर मियाले गत साता प्रस्तुत गरेको नीति तथा कार्यक्रम बिहीबार बसेको प्रदेश सभाको बैठकबाट सर्वसम्मतीले पारित भएको छ। यसअघि नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बयालपाटा अस्पताललाई कसरी सञ्चालन गर्ने भन्नेमा छलफल गर्ने बताउनुभयो।

उहाँले बयलपाटा अस्पतालमा बजेट विनियोजन गर्न स्थायी सरकार तयार नभएको पनि संकेत गर्नुभयो।उहाँले गोदावरीलाई प्रदेशको राजधानी बनाउने पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयन गर्ने बताउदै त्यसवरका धार्मिक, पर्यटकीय क्षेत्रको विकासका लागि प्रयास गरिने बताउनुभयो।मुख्यमन्त्री सोडारीले बजेटमा विचौलिया हावी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै, त्यस्तो कमजोरी भेटिए कमजोरी गर्नेलाई कारवाही गर्ने बताउनुभयो।

उहाँले शहिद गोविन्द गौतम क्षेत्रको विकासका लागि बजेटमा ध्यान दिने प्रतिवद्धता समेत गर्नुभयो। उहाँले बजेट ल्याउदा सत्ता र प्रतिपक्ष दुबैसित छलफल गर्ने पनि बताउनुभयो।यसअघि भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सत्तापक्षका नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले नीति तथा कार्यक्रममा दलित, थारु लगायतका पछाडि परेका वर्गलाई समेटेको बताउनुभयो।

- Advertisement -
Ad imageAd image

उहाँले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम अनुसार कृषि उत्पादन बढाउने गरेर धान उद्योग बनाउने गरेर बजेटमा व्यवस्था गर्नुपर्ने बताउनुभयो।सत्तापक्ष नेकपा (माओवादी केन्द्र) का डोटीबाट निर्वाचित प्रदेश सभा सदस्य शिवसिंह ओलीले प्रदेश आयोजना बैंक, विषयगत, क्षेत्रगत गौरवका आयोजना बनाउने कुरा पनि सकारात्मक भएको उहाँले बताउनुभयो।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
broken clouds
17° _ 17°
100%
3 km/h
मंगल
18 °C
बुध
29 °C
बिहि
23 °C
शुक्र
24 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ