Ad imageAd image

प्रभु बैंक घटनाः सेवाग्राहीको एक करोडबढी रकम हिनामिना गर्ने शाहलाई तत्काल कानुनी कारबाहिमा ल्याउन एमाले र नेपाल कम्युनिस्ट पार्टीद्धारा माग

नवीन्द्र के.सी
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने


रुकुम पश्चिम, रुकुम पश्चिम आठविसकोट नगरपालिकाको केन्द्र राडिबजारमा रहेको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाहले सेवा ग्राहीको एक करोडबढी रकम अपचलन गरेको घटनाको तत्काल छानविनगरि दोशीलाई कारबाहिको दायरामा ल्याउन नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीले माग गरेका छन् ।

दुबै पार्टीले एक विज्ञप्ती जारी गर्दै सो घटनाका दोशी भनिएका बैकका कर्मचारी शाहलाई तत्काल कारबाहीको दायरामा ल्याउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन । बैंकका कर्मचारी शाहले सेवाग्राहीको एक करोड ३५ लाख रुपैयाँ हिनामिनागरि फरार भएको घटना सार्वजनिक भएको थियो ।

उक्त घटनाका विषयमा सत्यतथ्य छानविनको माग गर्दै नेकपा एमाले रुकुमका अध्यक्ष नन्दराम देवकोटा र नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिव अपिल सीले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण जनाएका हुन् ।

देशमा वित्तीय संकट आएको समयमा सेवाग्राहीकै रकम हिनामिना हुनु थप गम्भीर विषय भएकाले जनताको रकम ब्याजसहित फिर्ताकालागि नेपाल कम्युनिस्ट पार्टीले माग गरेको छ । विज्ञप्तीमा भनिएको छ, तत्काल रकम फिर्ताको वातावरण नभए आन्दोलनमा जाने चेतावनी दिएको छ ।

- Advertisement -
Ad imageAd image

एमालेले पनि तत्काल रकम फिर्ता गराइ कानुनी दायरामा ल्याउन सम्बन्धीत निकायसँग आग्रह गरेको छ । यसअघि बैंकका कर्मचारी भनिएका शाह एमालेका पुर्व कार्यकार्ता र अहिले माओवादी केन्द्रका कार्यकता रहेको भन्दै जिल्लामा आलोचना भएको थियो । पार्टीको संरक्षण रहेको भनि जिल्लामा व्यापक आलोचना भइरहेको छ । शाह एक सेवा ग्राहीको रकम हिनामिनागरि फरार रहेका छन् ।

सेयर: 20
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्पादक  nabindra@thailandnepal.com  Web

सम्पादक

मौसम
29°C
Kathmandu
scattered clouds
29° _ 29°
51%
4 km/h
सोम
29 °C
मंगल
31 °C
बुध
29 °C
बिहि
26 °C
शुक्र
24 °C
सम्पादक
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ