Ad imageAd image

सुशासन र भ्रष्टाचार मूल्याङ्कन गर्न आइएमएफ टोली नेपाल भ्रमणमा, सुधार सिफारिस तयारी

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको सुशासन प्रणाली र भ्रष्टाचार जोखिमहरूको विस्तृत मूल्याङ्कन गर्न उच्चस्तरीय टोली पठाएको छ ।


आइएमएफका क्षमता विकास प्रमुख जोनाथन पाम्पोलिना नेतृत्वको टोलीले २० अप्रिलदेखि ६ मे २०२६ सम्म काठमाडौं र वीरगञ्जमा अध्ययन तथा छलफल गरेको हो ।


यो अध्ययन ‘गभर्नेन्स एण्ड करप्सन डायग्नोस्टिक’ अन्तर्गत गरिएको हो, जसले संस्थागत कमजोरी, नीतिगत समस्या र भ्रष्टाचारसँग सम्बन्धित जोखिमहरू पहिचान गर्ने लक्ष्य राखेको छ । यसले अर्थतन्त्र, राजस्व व्यवस्थापन, लगानी वातावरण र सार्वजनिक विश्वासमा असर पार्ने मुख्य अवरोधहरूको विश्लेषण गर्नेछ ।


आइएमएफ टोलीले सार्वजनिक वित्त व्यवस्थापन, कर तथा भन्सार प्रशासन, राज्य–स्वामित्वका संस्थान, सार्वजनिक खरिद प्रणाली, वित्तीय क्षेत्र नियमन, सम्पत्ति शुद्धीकरण नियन्त्रण तथा कानुनी शासन जस्ता क्षेत्रमा विस्तृत छलफल गरेको जनाएको छ ।
टोलीले सरकारी अधिकारीहरूका साथै नागरिक समाज, निजी क्षेत्र, अध्ययन संस्था र विकास साझेदारहरूसँग पनि परामर्श गरेको छ । यी छलफलहरूले नेपालमा सुशासन सुधारका प्राथमिकता र पारदर्शिता तथा जवाफदेहिता सुदृढ गर्ने उपायहरू पहिचान गर्न सहयोग पुर्याएको बताइएको छ ।

- Advertisement -
Ad imageAd image


आइएमएफले नेपालले हालको सुधार एजेन्डा र विस्तारित ऋण सुविधा अन्तर्गत सुशासन सुधारलाई अगाडि बढाइरहेको उल्लेख गर्दै, अहिलेको राजनीतिक परिस्थितिमा दीर्घकालीन आर्थिक सुधारका लागि अवसर रहेको जनाएको छ ।
टोलीले आगामी महिनाहरूमा प्रारम्भिक प्रतिवेदन तयार गरी नेपाल सरकारसँग छलफल गर्नेछ । अन्तिम प्रतिवेदन सरकारको सहमतिमा सार्वजनिक गरिनेछ ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
broken clouds
24° _ 24°
53%
3 km/h
सोम
25 °C
मंगल
24 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ