Ad imageAd image

लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा र्‍याफ्टिङ सञ्चालन

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने


जीवन केसी । रुकुम पूर्व । रुकुम पूर्वमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको छ । जिल्लाको सानोभेरी नदिमा र्‍याफ्टिङ सञ्चालनमा ल्याइएको हो । रुकुम पूर्वका जिल्ला समन्वय समिति उपप्रमुख मोहनबहादुर केसीको प्रमुख तथा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी र उपाध्यक्ष गोपाल रेउलेको बिशेष उपस्थितिमा औपचारिक रुपमा एक कार्यक्रमका बीच र्‍याफ्टिङको उद्घाटन गरि सञ्चालनमा ल्याइएको छ ।

र्‍याफ्टिङ सञ्चालन गर्न तथा सबैकुराको जानकारीका लागि यस अघि नै पूर्वी रुकुम जलयात्रा संस्था बाट ३ जनाले आवश्यक तालिम लिइसक्नुभएको छ ।

पूर्वी रुकुम जलयात्रा संस्था र एडभेन्चर रिभर ट्रेल्स प्रालि चितवनको संयुक्त सहकार्यमा रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ र वडा नम्बर ६ लाई जोड्ने पक्की पुल देखि सिस्ने गाउँपालिका वडा नम्बर ३ बोजेरी र वडा नम्बर ७ सिस्नेरी को भागमा पर्ने सानोभेरी नदि सम्म र्‍याफ्टिङ सञ्चालन गरिएको पूर्वी रुकुम जलयात्रा सञ्चालक समितिले जनाएको छ ।

रुकुम पूर्वमा भएको प्राकृतिक जल सम्पदाको सदुपयोग गर्दै रुकुम पूर्वमा भएका नदि तथा तालतलैयामा जलयात्रा सञ्चालन गरेर रोजगारको सृजना गरि पर्यटन विकासमा थप टेवा पुर्याउने उदेश्यका साथ पूर्वी रुकुम जलयात्रा अर्थात र्‍याफ्टिङ सञ्चालन गरिएको पूर्वी रुकुम जलयात्रा संस्थाका अध्यक्ष जित कुमार शाहले बताउनुभएको छ ।

- Advertisement -
Ad imageAd image

शाहाका अनुसार एक वर्ष अघि नै सेवा सञ्चालन गर्ने लक्ष राखिए पनि विभिन्न कारणले ढिलो गरी सेवा सुरुवात भएको बताइएको छ ।

सेयर: 16
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
few clouds
24° _ 24°
78%
1 km/h
मंगल
28 °C
बुध
30 °C
बिहि
31 °C
शुक्र
31 °C
शनि
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ