Ad imageAd image

मधेशी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु यादव चयन

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

जनकपुर । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु यादव निर्विरोध चयन भएका छन् । जनकपुरधाममा सम्पन्न चौथो महाधिवेशनबाट यादवलाई अध्यक्षमा चयन गरेको हो ।

मञ्चको उपाध्यक्षहरुमा ताहिर हुसेन, जवाहरलाल प्रसाद कुर्मी, राम आधार यादव, राकेश रंजन दास, सुनिल कुमार पाण्डे, दिपेन्द्र कुमार यादव, रुमा कुमारी झा, सुजिता कुमारी राउत, कामेश्वर राउत र सत्यनारायण यादवलाई चयन गरेको छ । भने महासचिवमा अनिलकुमार साहलाई चयन गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै सचिवमा रामअशिष शर्मा, सत्यनारायण झा, वद्री मण्डल, बैद्यनाथ सिंह, मंजिर अन्सारी, शिव नारायण मण्डल, जितेन्द्र यादव, राधेश्याम चौधरी र सन्धया दासलाई चयन गरेको छ । कोषाध्यक्षमा पुष्पाकुमारी मिश्रलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा दिपकुमार ठाकुर, सन्दीप पटेल, अमजत अलि असन्सारी, अजयकुमार झा, शशि यादव, राम सुलित महतो, हिरावन यादव, वैद्यनाथ मण्डल, रविन्द्र राय यादव, अरविन्द झा, मोहन कुमार सिंह, परमानन्द मण्डल, सुनिलकुमार साह, चन्दन कुमार रजक, रिमा दुवे, मनोज कुमार मण्डल र सोनी दास रहेका छन् ।

- Advertisement -
Ad imageAd image

मधेश प्रदेशको अध्यक्षमा मिश्र

मञ्चको मधेश प्रदेश समितिको अध्यक्षमा संजयकुमार मिश्र चयन भएका छन् । त्यस्तै, मधेश प्रदेश समितिको उपाध्यक्षहरुमा विनोद पाण्डे, रामहृदय यादव, राजेश साह, प्रेमकुमार महतो, स्वेता झा र शुभकरण राय चयन भएका छन् ।

सचिवमा दिपककुमार ठाकुरलाई चयन गरेको छ भने सह–सचिवहरुमा भूवनेश्वर महतो, संजयकुमार यादव, श्यामसुन्दर महतो र राम स्वरुप सिंहलाई चयन गरिएको जनाइएको छ भने कोषाध्यक्षमा बन्दना मिश्रलाई चयन गरिएको जनाइएको छ ।

त्यस्तै सदस्यहरुमा सुनिल साह, रोशन कुशवाहा, विजय यादव, नागेश्वर यादव, तेज नारायण यादव, पुष्पा झा, आरती शर्मा, बैद्यनाथ मण्डल, सन्दीप साह, पुरुषोतम झा र शिकेन्द्र कुशवाहालाई चयन गरिएको छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
94%
2 km/h
बिहि
24 °C
शुक्र
24 °C
शनि
24 °C
आइत
24 °C
सोम
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ