Ad imageAd image

जनमत पार्टी, जनता प्रगतिशील पार्टी र नेपाल तथा तराई—मधेस लोकतान्त्रिक पार्टीबीच कार्यगत एकताको सहमति पत्रमा हस्ताक्षर

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । जनमत पार्टी, जनता प्रगतिशील पार्टी र नेपाल तथा तराई—मधेस लोकतान्त्रिक पार्टीबीच सहकार्य हुने सहमति भएको छ । उनिहरुबीच सात बुँदे सहमति भएको छ।

आइतबार भएको छलफलमा तीन पार्टीबीच सहकार्य गर्न सात बुँदे सहमति भएको हो। जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टी हृदयेश त्रिपाठी र नेपाल तथा तराई—मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले हस्ताक्षर गरेका छन्।

उनीहरूले आफूहरूले सहकार्य गर्न सहमति जनाएका विषयमा सहमत भए सहकार्यको अभियानमा अघि बढ्न अन्य दललाई समेत अनुरोध गरेका छन्।

नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण गर्न, तराई—मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेदहरू अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पूँजी निर्माण गर्न, देशको कृषि उत्पादनमा वृद्धि तथा किसानको हितमा क्रियाशिल रहन, उद्योग—धन्धा तथा कलकारखानाहरू स्थापित गर्दै रोजगारी सिर्जना गर्न र गुणस्तरीय तथा सर्वसुलभ शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षा सुनिश्चित् गर्नका लागि सहमती गरेका हुन्।

- Advertisement -
Ad imageAd image
सेयर: 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
25°C
Kathmandu
overcast clouds
25° _ 25°
58%
1 km/h
बिहि
24 °C
शुक्र
31 °C
शनि
30 °C
आइत
29 °C
सोम
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ