काठमाडौं । सिस्ने हिमाल मिडिया प्रालि काठमाडौंद्धारा सञ्चालित यस थाइल्याण्ड नेपाल डटकम अनलाइन न्यूज पोटलले आजबाट नियमित समाचार सेवा सुरुगरेको छ ।
केहि प्राविधिक कारण संस्थाले आफ्नो सेवा केहिदिन बन्द गरेको थियो । सम्पुर्ण प्राविधिक समस्या समाधान भएसँगै आजबाट समाचारको सम्पुर्ण सेवाहरु सुरु गरेका सञ्चालक तथा सम्पादक नविन्द्र केसीले बताउनुभयो । यसबाट शुभच्नितक तथा पाठक वर्गहरुमा पर्न गएको असुविधाप्रति हामी क्षमा चाहान्छौं ।
आजबाट हामीले हाम्रो समाचार, सूचना, मनोरञ्जनका सम्पुर्ण सेवाहरु नियमति प्रकाशन सुरु गरेका छौं केसीले भन्नुभयो । नेपालको कानुन विधी तथा प्रक्रियालाई पुरागरि आफ्नो जिम्मेवारी पुरागर्ने प्रतिवद्धताका साथ अघि बढेका छौं यसमा सबैको साथ हुने छ, केसीको भनाई थियो ।
मुख्यगरि हामीले नेपाल र थाइल्याण्डबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाउन तथा थाइल्याण्डमा बसोबास गर्ने नेपाली भाषीहरुको हकहितकालागि आवाज विहिनहरुको आवाज ब्नने उद्धेश्य राखेर अघि बढेका छौं ।
यसमा सबैको साथ सहयोगको अपेक्षा राख्दछौं व्यवस्थापकले भनेको छ। यस मिडियाले नेपाल र थाइल्याण्डबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने छ ।