Ad imageAd image

क्याम्पस प्रमुखको कुर्सी रुखमा झुन्ड्याइयो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बाँके । विद्यार्थीका माग पूरा नगरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुन्ड्याएका छन्।

स्वतन्त्र विद्यार्थी युनियनले राखेका विभिन्न माग पूरा नगरेको भन्दै स्ववियुले क्याम्पस प्रमुख लालमणि आचार्यको कुर्सी रुखमा झुन्ड्याइएको हो। पटक पटक आग्रह गर्दा पनि माग पूरा नगरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस स्ववियुका अध्यक्ष माधव खत्रीको नेतृत्वको टोलीले विरोध स्वरूप कुर्सी रुखमा झुन्ड्याएको हो।

क्याम्पसमा देखिएका विभिन्न समस्या यथाशीघ्र समाधान गर्नुपर्ने भन्दै क्याम्पस प्रशासनसमक्ष विभिन्न मागसहितको ध्यानाकर्षण पत्र बुझाउँदा समेत एउटा पनि माग पूरा नगरेकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुन्ड्याइदिएको स्ववियु अध्यक्ष खत्रीको भनाइ छ।

उहाँले माग पूरा नभएसम्म कुर्सी रुखमै झुन्ड्याएर राख्ने र क्याम्पस प्रमुखलाई कार्यकक्ष भित्र छिर्न नदिने चेतावनी दिनुभएको छ।

- Advertisement -
Ad imageAd image

क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, व्यवस्थित पार्किङ हुनुपर्ने, खेल मैदानको निर्माण गरिनुपर्ने, सूचना बोर्ड राखिनुपर्ने, शुद्ध खानेपानीको व्यवस्थापन गर्नुपर्ने, पुस्तकालय तथा होस्टेलको व्यवस्थापन गरिनुपर्ने, शौचालय, कक्षाकोठा तथा क्याम्पस प्राङ्गणको सरसफाइ हुनुपर्ने माग राखिएको छ।

यसअघि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनसमक्ष विभिन्न माग राख्दै ७२ घण्टे अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको थियो।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
19°C
Kathmandu
broken clouds
19° _ 19°
72%
2 km/h
सोम
25 °C
मंगल
25 °C
बुध
25 °C
बिहि
27 °C
शुक्र
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ