Ad imageAd image

वर्तमान गठबन्धन आगामी निर्वाचनसम्म टिक्छ : एमाले उपाध्यक्ष ज्ञवाली

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

दाङ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म टिक्ने बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो गठबन्धन बीचमा नटुट्ने बताउनुभएको हो । “हामी अर्को गठबन्धन बनाउनेतिर लाग्नुहुँदैन, एमाले–कांग्रेसको गठबन्धन बन्ने हो कि भनेर शङ्का गर्नुपर्दैन”, उहाँले भन्नुभयो, “तर त्यो सम्भावना छैन, कांग्रेस ढुक्कसँग प्रतिपक्षमा बसे हुन्छ ।”

अहिलेको गठबन्धनले राम्रो काम गरे कम्युनिष्ट एकता पनि हुनसक्ने उहाँले बताउनुभयो । एकताका लागि अहिलेको सरकारले जनमैत्री काम गरेको हुनुपर्ने उहाँको भनाइ छ । देशको आवश्यकतानुसार यो मोर्चा बनेको उहाँले बताउनुभयो । अहिलेको मोर्चा समाजवादी मोर्चा भएको उपाध्यक्ष ज्ञवालीको भनाइ छ ।

मुलुकमा अब दुई विचारधाराबीच नै प्रतिस्पर्धा हुनेसमेत ज्ञवालीको भनाइ छ । उहाँका अनुसार अब पुँजीवादी र समाजवादी विचारधाराबीचको शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीति हुन्छ ।

- Advertisement -
Ad imageAd image

उपाध्यक्ष ज्ञवालीले मुलुकमा राजनीतिक क्रान्ति भएको भन्दै अब आर्थिक, सामाजिक र संस्कृतिक रूपमा क्रान्ति हुनु आवश्यक रहेको बताउनुभयो ।  रासस

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
16°C
Kathmandu
broken clouds
16° _ 16°
94%
3 km/h
सोम
18 °C
मंगल
25 °C
बुध
24 °C
बिहि
25 °C
शुक्र
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ