Ad imageAd image

सरकारले श्रीलंकाको जेलमा रहेका तीन नेपालीलाई आममाफीका लागि अनुरोध गर्ने

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ — सरकारले श्रीलंकाको जेलमा रहेका तीन नेपालीलाई आममाफीका लागि अनुरोध गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङलाई मानवीय आधारमा आममाफी लागि त्यहाँका राष्ट्रपतिलाई अनुरोध गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको हो ।

‘श्रीलंकामा कैदबन्दी जीवन बिताइरहेका नेपाली नागरिकहरू चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङको सजाय मानवीय आधारमा आममाफीका लागि अनुरोध गर्दै सम्माननीय राष्ट्रपतिज्यूबाट श्रीलंकाका महामहिम राष्ट्रपतिज्यूलाई अनुरोध गरी पत्र पठाउनका लागि सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सिफारिस गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

तीन नेपालीले गंभीर अपराध गरेको अभियोगमा आजीवन काराबासको सजाय पाएका थिए । सरकारले उनीहरुले गरेको अपराधबारे थप बताएको छैन ।

- Advertisement -
Ad imageAd image
सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
haze
29° _ 29°
45%
3 km/h
शुक्र
33 °C
शनि
32 °C
आइत
33 °C
सोम
29 °C
मंगल
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ