Ad imageAd image

प्रतिनिधि सभाको बैठक जारी

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा आ.व. २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ ।

अर्थमन्त्री वर्षमान पुनले आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको उत्तर दिनुहुनेछ । विनियोजन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

त्यस्तै, अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ प्रस्तुत गर्नुहुने, “राष्ट्र ऋण उठाउने विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नुहुने, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ प्रस्तुत गर्नुहुने, “भन्सार महसुल विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, “भन्सार महसुल विधेयक, २०८१ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
light rain
20° _ 20°
88%
2 km/h
बुध
20 °C
बिहि
19 °C
शुक्र
17 °C
शनि
20 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ