Ad imageAd image

जमेको नदीमाथि उत्रियो विमान

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । रुसमा हालै पोलार एयरलाइन्सको एउटा जहाज पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ । धन्न यात्रीको भाग्य बलियो रहेछ । किनभने जहाज अवतरण भएको उक्त नदी चिसोका कारण पूर्ण रूपमा जमेको थियो ।

सो विमानमा ३० यात्रु र चार जना चालकदलका सदस्य थिए । यस घटनाले विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक पनि लागेन ।

रुसी एयरलाइन्सका अनुसार उक्त जहाज याकुत्स्क–जायर्यंका–स्रेडनेकोलिम्स्क रुटमा उडेको थियो । ‘एन्टोनोभ २४ फ्लाइट’ को सो विमानले याकुतिना क्षेत्रमा जिर्यंका विमानस्थलमा अवतरण गर्नुको साटो नदीमै अवतरण गर्‍यो । 

पोलार एयरलाइन्सका अनुसार उक्त घटनाबारे रुसको सङ्घीय हवाई यातायात एजेन्सीको क्षेत्रीय विभागले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक जानकारी अनुसार चालकदलका सदस्यको गल्तीका कारण विमान रनवेको साटो जमेको नदीमाथि अवतरण भएको हो ।  

- Advertisement -
Ad imageAd image
सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
32°C
Kathmandu
clear sky
32° _ 32°
11%
2 km/h
बुध
32 °C
बिहि
34 °C
शुक्र
33 °C
शनि
32 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ