‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता शनिबार

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । नेपाल बास्केटबल सङ्घको आयोजनामा ‘थ्री वाइ थ्री’ बास्केटबल प्रतियोगिता हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा शनिबारदेखि हुने प्रतियोगितामा ब्वाइज र गर्ल्स दुई विधा समावेश गरिएको छ ।

ली निङ नेपाल आधिकारिक पार्टनर रहेको प्रतियोगितामा ब्वाइजतर्फ ३२ र गर्ल्सतर्फ आठ टोलीको सहभागिता रहनेछ।

फागुन २८ गतेसम्म चल्ने प्रतियोगितामा बङ्गलादेश नेभी र बङ्गलादेश युनिभरसिटीको क्लबको समेत सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा ब्वाइजतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपियाँ तथा गर्ल्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपियाँ पाउनेछन् ।

दुवैतर्फ सर्वोकृष्ट खेलाडीलाई जनही १५ हजार रुपियाँ प्रदान गरिने छ । नेपाली टोलीले दुई विदेश खेलाडीलाई अनुबन्ध गर्न पाउने प्रावधान रहेको नेपाल बास्केटबल सङ्घले जनाएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
58%
1 km/h
आइत
30 °C
सोम
32 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ