Ad imageAd image

भुकम्प प्रभावित क्षेत्रका पत्रकारहरुलाई तीन दिने क्षमता अभिबृद्धि तालीम

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

जीवन केसी, रुकुम पश्चिम । रुकुमपश्चिमको चौरजहारीमा भूकम्प प्रभावित क्षेत्रका पत्रकारहरुलाई तीन दिन क्षमता अभिबृद्धि तालीम दिइएको छ । सूचना तथा प्रसारण विभाग र नेपाल पत्रकार महासंघ रुकुमपश्चिम शाखाको आयोजनामा तीन दिने क्षमता अभिबृद्धि तालीम दिइएको हो । विभागले प्रभावित क्षेत्रमा घुम्ती शिविर पनि सञ्चालन गरेको थियो ।

शिविरबाट रुकुमपश्चिम, जाजरकोट र सल्यान जिल्लाका ११ जना पत्रकारहरुलाई प्रेस पास उपलब्ध गराईएको छ, भने तीन वटा अनलाईन दर्ता तथा नविकरण गरिएको पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो । कार्यक्रममा तीनै जिल्लाका ६५ जना पत्रकारहरुको सहभागिता थियो ।

अध्यक्ष केसीले भूकम्प प्रभावित क्षेत्रका संचार माध्यम र संचारकर्मीहरुलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । संचार माध्यम दर्ता, नविकरण, प्रेस प्रतिनिधि पत्र वितरण लगायतका काममा सहजता दिलाउन घुम्ती शिविर मार्फत सेवा दिईएको अध्यक्ष केसीले उल्लेख गर्नुभयो ।

- Advertisement -
Ad imageAd image

त्रिभुवन विश्व बिद्यालयका सह प्राध्यापक डा. विजयराज मिश्रले विपद्मा पत्रकारिता, स्थलगत रिपोर्टिङ, तथ्यहरुको खोजी शैली, न्यु मिडियाको प्रयोग, समाचार शैली, बिद्यागत पत्रकारिता लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो । तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत उपलब्ध गराईएको थियो ।

घुम्ती शिविर तथा क्षमता अभिबृद्धि कार्यक्रममा विभागका महानिर्देशक शंकर नेपाल, निर्देशक भरत गौतम, शाखा अधिकृत टेक बहादुर ओली, पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा लगायतको उपस्थिति रहेको थियो ।

सेयर: 30
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
14°C
Kathmandu
scattered clouds
14° _ 14°
100%
1 km/h
मंगल
25 °C
बुध
25 °C
बिहि
24 °C
शुक्र
25 °C
शनि
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ