Ad imageAd image

काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार दुर्घटनामा तीन जनाको मृत्यु

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बुधबार अपराह्न साढे चार बजे मकवानपुरको भिमफेदी गाउँपालिका, जुरीखेतस्थित भिमफेदी कुलेखानी सडक खण्डमा कार दुर्घटनामा परेको हो।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खोल्सामा खसेको हो। उक्त कारमा दुई महिला, दुई पुरूष र एक बालिका सवार थिए।

- Advertisement -
Ad imageAd image

उनीहरूको उपचारका लागि अस्पताल लगिएको थियो। दुई महिलालाई सरकारी अस्पताल लगिएको छ।

बालिका र दुई पुरूषको मृत्यु भएको डिएसपी भण्डारीले बताए।

आफन्तले प्रहरीलाई दिएको जानकारी अनुसार मृतक मनहरि गाउँपालिका ८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उनकी तीन महिने छोरी अर्जिता भित्रीकोटी छन्। अर्का एक जना पुरूषको पहिचान खुल्न बाँकी छ।

मृतकहरूको शव हेटौंडा अस्पतालमा राखिएको छ।

सेयर: 6
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
few clouds
18° _ 18°
100%
2 km/h
आइत
28 °C
सोम
30 °C
मंगल
30 °C
बुध
28 °C
बिहि
30 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ