Ad imageAd image

‘थाइफेक्स अनुगा एशिया २०२४’ को अवलोकन गर्दै राजदूत ओली र नेपाली उद्यमीले के भने ?

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बैंकक । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली लगाएत राजदूतावासका उपनियोग प्रमुख प्रकाश अधिकारी र नेपाली उद्यमीले आज बैंककको इम्प्याक्ट प्रदर्शनी केन्द्र हल, मुआङ थोङ थानीमा ‘थाइफेक्स अनुगा एशिया २०२४’ को अवलोकन गरेका छन् ।

खाद्य र खाद्य प्रविधि घटनाहरूमा विश्व नेता, अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन विभाग,थाई चेम्बर अफ इन्टरनेशनल ट्रेड प्रमोशनद्वारा संयुक्त रूपमा आयोजक गरेको व्यापार–देखि–व्यवसायसम्मको ‘थाइफेक्स अनुगा एशिया २०२४’ को अवलोकन गर्दै नेपाली प्रतिनिधिहरुले नेपाली बजारको सम्भाव्यताको खोजी गर्नु पर्ने बताएका थिए । सो कार्यक्रम थाई चेम्बर अफ कमर्स र कोल्नमेसको सहकार्य सुरु गरिएको हो ।

राजदूत ओलीले व्यापारिक क्षेत्रमा लगानी र प्रविधिको माध्यमबाट नेपाल र थाइल्याण्ड बीच उत्पादन बजार विस्तारमा ठूलो सम्भावना रहेको र ती अवसरहरूलाई कार्यस्तः विकास गर्न व्यवसायिहरूबीच निरन्तर छलफल तथा अन्र्तकृया र सुचनाको आदान–प्रदान हुँदा कार्यक्रम फलदायी हुने बताउनुभयो ।

साथै यस्ता कार्यमा व्यवसायीहरूलाई आवश्यक सहयोग गर्न राजदूतावास सधैै तयार रहने जानकारि गराउनुभएको थियो । कार्यक्रममा थाइल्याण्डमा नेपालको निर्यात प्रवर्धन हेतुले नेपाल र थाइल्याण्डका उद्यमीहरूको आपसी व्यवसाय संस्था, कृषि तथा खाद्य प्रशोधन कम्पनीहरू, थाइल्याण्डस्थित विभिन्न नेपाली व्यवसायीक कम्पनीहरूको सहभागीता रहेको छ ।

- Advertisement -
Ad imageAd image

खासगरी नेपाल र थाईल्याण्डको पर्यटन, व्यापार तथा लगानीका विषयमा विविध छलफल भएका छन् । कार्यक्रम ‘थाइफेक्स अनुगा एशिया २०२४’ २८ मे देखी १ जुनसम्म चल्नेछ ।

सेयर: 9
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
18°C
Kathmandu
few clouds
18° _ 18°
100%
2 km/h
आइत
28 °C
सोम
30 °C
मंगल
30 °C
बुध
28 °C
बिहि
30 °C
अध्यक्ष
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ