भेरोन एटलान्टासँग ६–१ गोल अन्तरले पराजित

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । इटालियन सिरी एमा एटलान्टाले भेरोनलाई ६–१ गोल अन्तरले पराजित गरेको छ ।

आइतबार बिहान  प्रशिक्षक जियान पिएरो ग्यास्पेरिनीको ४००औं खेलमा एटलान्टाले उत्कृष्ट प्रदर्शन ग¥यो ।

चोटका कारण ओडिलोन कोसुनोउ, मार्को ब्रेस्चियानीनी, जियोर्जियो स्काल्भिनी र जानलुका स्कामाक्का बाहिर रहे पनि, माटेओ रेटेगी र एडेमोला लुकम्यानको उत्कृष्ट प्रदर्शनले टोलीलाई शानदार जित दिलाए ।

खेलको छैटौं मिनेटमै एडेमोला लुकम्यानको पासमा मार्टेन डे रोनले गोल गर्दै एटलान्टालाई अग्रता दिलाए । केही क्षणमै लुकम्यानको अर्को प्रयास माटेओ रेटेगीको गोलमा परिणत भयो ।

चार्ल्स डे केटेलेरले उत्कृष्ट कर्लिङ गोल गर्दै एटलान्टालाई  १४ औं मिनेटमा अग्रता तेब्बर पुगेको थियो । लुकम्यानले २९ औं मिनेटमा गोल गरेपछि खेल ४–० मा पुगेको थियो ।  उनैले आफ्नो दबदबालाई जारी राख्दै टिमका लागि पाँचौं गोल ३४ औं मिनेटमा गरेका थिए ।

३५ औं मिनेटमा भेरोनाका लागि अमिन सारले उत्कृष्ट प्रहार गरे पनि अफसाइड भएको कारण गोल मान्य भएन । उनले ४२ औं मिनेटमा गोल गर्दै अग्रता ५–१ मा झारेका थिए ।

खेलको ५८ औं मिनेटमा रेटेगीले डे केटेलेरको पासमा अर्को गोल थप्दै आफ्नो दुई गोल पूरा गरे ।

जीतपछि एटलान्टा ९ खेलबाट १६ अंकसहित तालिकाको चौथो स्थानमा छ । यसैगरी भेरोना भने समान खेलबाट ९ अंकसहित तालिकाको १५ औं स्थानमा छ ।

सेयर: 5
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ