Ad imageAd image

जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा क्यानडामा वेबिनार

थाइल्याण्ड नेपाल डटकम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

टोरन्टो । क्यानडामा दर्ता भएको गैर सरकारी संस्था सहयात्रा–क्यानडाले ६०औं अन्तरराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस (२१ मार्च)को अवसरमा एउटा वेबिनार आयोजना गर्न लागेको छ।

उक्त वेबिनारमा आगामी  २५ मेदेखि २७ मेसम्म आयोजना गर्न लागिएको ‘जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’का लागि सुझाव संकलन पनि गरिने आयोजकले जनाएका छन्। 

‘विश्वभर करिब २६ करोड मानिस जाति, वंश, र वंशजका आधारमा अमानवीय व्यवहार र विभेदको शिकार भइरहेका छन् । जातिभेद दक्षिण एसियाबाट उत्पन्न भएको भए तापनि अहिले यो समस्या विश्वव्यापी बनिसकेको छ,’ सम्मेलन आयोजक समितिका अध्यक्ष डा.द्रोण रसालीले बताए ।

उक्त वेबिनारमा अग्रज दलित अधिकारकर्मी ओम प्रकाश बिक, अधिवक्ता डीबी सागर विश्वकर्मा, डा मान बहादुर विश्वकर्मा, महिला अधिकारकर्मीद्वय बिष्णुमाया परियार, दुर्गा शोब, मानव अधिकारकर्मीहरु चक्रमान विश्वकर्मा, भक्त विश्वकर्मा, मोतिलाल नेपाली, डा अमर विश्वकर्मा, अनुसन्धानकर्ता जेबी विश्वकर्मा लगायतका वक्ताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको सहयात्रा क्यानडाका प्रेसिडेन्ट तथा मानव अधिकारकर्मी सन्तोष विश्वकर्माले बताए ।

- Advertisement -
Ad imageAd image

वेबिनारको संचालन बीबीसी नेपाली सेवाका पूर्व संवाददाता भगीरथ योगीले गर्ने छन्।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
overcast clouds
21° _ 21°
86%
1 km/h
शनि
23 °C
आइत
32 °C
सोम
31 °C
मंगल
31 °C
बुध
31 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ