अस्पतालकै सुरक्षा गार्डले चोरे २ लाखबढी रकम

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा रकम चोरी भएको छ ।गएराती ११ बजे अस्पतालका सुरक्षा गार्डले अस्पतालको टिकट काउन्टरबाट नगद रु दुई लाख ११ हजार रुपैयाँ चोरी भएको अस्पतालले दाबी गरेको छ ।सिसि टिभी फुटेजका आधारमा चोरी पुष्टि भएको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा।किरण पाण्डेले बताउनु भयो ।

चोरीमा संलग्न रहेको आरोपमा अस्पतालका गार्ड पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ६ बस्ने राजु हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।”सिसि टिभी फुटेजमा पनि चोरी प्रष्ट देखिन्छ तर निजको साथबाट २ हजार ६ सय ४० रुपैयाँ रकम फेला परेको छ,अनुसन्धानमै छौ” बोहोराले भन्नू भयो ।यता अस्पतालले भने २ लाख ११ हजार रकम नै चोरी भएको बताएको छ । आरोपित हरिजन बिगत ९ महिनादेखि सो अस्पतालको सुरक्षा गार्डको रुपमा काम गर्दै आएका छन् ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ