इनरुवामा सीताराम रथ यात्रा निकालियो

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

काठमाडौं । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रमा आईतबार विवाह पञ्चमीको दिन डोला तथा रथयात्रा निकालिएको छ । स्थानीयहरुको उत्साहजन सहभागीतामा विवाह पञ्चमीको अवसरमा डोला तथा रथयात्रा निकालिएको हो । 

त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा रामसीताको पूजाआराधना गरी यो पर्व मनाएको र भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रथारोहण सहित रथयात्रा निकालिएको छ । रामजानकी विवाह महोत्सव आयोजक समितिको अगुवाईमा इनरुवा ४ को रामजानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी इनरुवा १ लोकतान्त्रिक चौक, जिल्ला समन्वय समिति, कुसुम गाछी सहित, शिक्षा विकास तथा समन्वय ईकाई हुदै इनरुवा ९ बबिया हुँदै इनरुवा २ पुर्याएको छ । 

सिताको डोला इनरुवा २ को लक्ष्मीनारायण मन्दिरमा पु¥याइदै रथयात्रा सकिन्छ । सोही सेरोफेरोमा आईतबार इनरुवा नगरपालिकाले स्थानीय तहमा सार्वजनिक बिदा दिएको छ । विदाको व्यवस्था मिलाई दिन र समग्र इनरुवाबासीको माग र आस्थालाई सम्मान गर्न आग्रह सहित चार दिनअघि बजरंग दलले ज्ञापन पत्र बुझाएपछि नगर प्रमुख केदार भण्डारीले हिन्दुहरुको आस्थाको पर्व र ऐतिहासिक रुपमा वर्षेनि निकालिंदै आएको डोला तथा रथयात्रालाई ध्यानमा राखेर आईतबार बिदा दिनुभएको हो । नगर प्रमुख भण्डारी र इनरुवाका प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएपछि विदाको घोषणा भएकाले आफूहरुको सम्मान भएको बजरंग दलका दिपेन्द्र साहले बताउनुभयो । 

जिल्लाको सदरमुकाम इनरुवामा भगवान् श्री रामचन्द्रको ‘राम राज्य रथ यात्रा’ नगर परिक्रमा गरिएको जनाएको छ । सहभागीहरुले राम सीताको सम्बन्ध र अनुशासनले सधैँ रामसीताको आदर्श अपनाएर जीवन व्यतीत गर्नु–गराउनु पर्ने उद्देश्यका साथ रथ यात्रा निकालिएको छ । 

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ