चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १११ पुग्यो

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

एजेन्सी । उत्तर पश्चिम चीनको गान्सु प्रान्तमा सोमवार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ । चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।

यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेकाे बताइएको छ । भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको प्रत्यक्षदर्शीले बताएका छन् । गाउँमा विद्युत् र खानेपानी अवरुद्ध भएको छ । प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजार भन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ । रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रिने यात्रु र मालवाहक रेलहरू बन्द गरेको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ