नेपालमा जागिरको अवसर,३८१ जना शाखा अधिकृत पदका लागि विज्ञापन

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । लोक सेवा आयोगले ३८१ जना राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन गरेको छ । बुधबार आयोगले सूचना जारी गरी एकैपटक ठुलो सङ्ख्यामा शाखा अधिकृत पदको विज्ञापन गरेको हो ।

आयोगले नेपाल परराष्ट्र सेवा, न्याय सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवामा बढुवा र खुलातर्फका लागि उक्त पदको विज्ञापन गरेको लोक सेवा आयोगले जनाएको छ । आयोगले सूचना जारी गर्दै अप्राविधिकतर्फको शाखा अधिकृत पदमा विज्ञापन खोलेको लोक सेवा आयोगका सूचना अधिकारी एकनारायण शर्माले जानकारी दिनुभयो ।

इच्छुक योग्य व्यक्तिले आगामी पुस १७ गतेसम्म दरखास्त दिन सकिने आयोगको सूचनामा उल्लेख गरिएको छ भने दोब्बर दस्तुरमा पुस २४ गतेसम्म दरखास्त दिन सकिने छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
scattered clouds
23° _ 23°
78%
3 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
28 °C
शनि
26 °C
आइत
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ