बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबीच झडप

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा दुई पक्षबीच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरेको छ । नगरपालिका कार्यालयमा नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर दुई पक्षबीच झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार नगरपालिकामा झडपमा १० जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये एक जना गम्भीर छन् । सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी प्रसाद कलवारले नयाँ अधिकृतलाई हाजिर गराउन लगेपछि झडप भएको थियो ।

बारा प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गर्दा केही स्थानीय र सुरक्षाकर्मी घाइते भएका हुन् । गम्भीर घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । झडप हुँदा नगरपालिका कार्यालयमा क्षतिसमेत पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
broken clouds
27° _ 27°
74%
2 km/h
सोम
29 °C
मंगल
27 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ