Ad imageAd image

राष्ट्रपति रामचन्द्र पौडेलले दिनुभयो कमलपोखरी र गुह्येश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा एवं अर्घ्य

लोकेन्द्र ओली
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

आइतवार राष्ट्रपति पौडेलले कमलपोखरी र गुह्येश्वरी पुगरे सूर्यसहित छठी माताको पूजा एवं अघ्र्य गरेका गनुभएको छ । देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।


प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाइन्छ। छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन राजधानीका अन्य ठाउँका साथै यहाँको छठ घाट पनि सजाइएको थियो ।
छठ पर्व हेर्ने सर्वसाधारणको पनि छठ घाटमा उल्लेख्य भीड रहेको थियो। गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, कुपण्डोल, नक्खु खोला, विष्णुमती र वागमती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ। यी स्थानमा छठी माताको माटाको मूर्ति निर्माण गरी पूजा आराधना गरिएको छ ।
आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएका व्रतालु सोमवार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन्। बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
27°C
Kathmandu
light rain
27° _ 27°
69%
1 km/h
बिहि
27 °C
शुक्र
26 °C
शनि
25 °C
आइत
21 °C
सोम
21 °C
अध्यक्ष
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ