काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ। संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको छ। मंसिर २४ देखि २९ गते सम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन्। राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग कान्तिपथ काठमाडौंमा दल दर्ताका लागि निवेदन दिन आयोगले आग्रह गरेको थियो। दल दर्ताका लागि आह्वान गरिएको दोस्रो दिन नै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले दर्ताको निवेदन दिएका थिए। फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० पद रिक्त हुँदै छ। माघ ११ गते १९ पदका निम्ति निर्वाचन हुनेछ। एक पदमा भने राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ।
राष्ट्रियसभा सदस्य निर्वाचनकालागि आज दल दर्ता गर्ने अन्तिम दिन

प्रतिक्रिया
ट्रेन्डिङ
दुर्गेश थापादेखि टीका सानुसम्म एउटै मञ्चमा, दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोग
काठमाडौँ। दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सांगीतिक उल्लास र सामाजिक सेवालाई एकसाथ अघि…
दुई महिना १० दिनमा सञ्चारमन्त्री : सुधारका एजेन्डा अघि बढे, तर नतिजा अझै परीक्षणमै
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका डा.विक्रम तिमल्सिनाले पदभार सम्हालेको…
कविता: एक्लोपनको लामो रात
रातहरू अबघडीले होइन,यादहरूले गन्न थाल्योसेकेन्ड सेकेन्डमाकुनै पुरानो आवाजमनभित्र ठोक्किन्छ।झ्यालबाहिर शहर बाँचिरहेको छ,बत्तीहरू झिलिमिली छन्,तर मेरो…

