राष्ट्रिय सभा सदस्य निर्वाचनका १२ दललाई निर्वाचन चिह्न प्रदान

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दर्ता भएका १२ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गर्दै क्रम निर्धारण गरेको छ ।

२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

पहिलो नम्बरमा नेकपा एमालेको सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख, तेस्रोमा नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा र चौथोमा राप्रपाको हलो चिह्न रहेका छन् ।

यसैगरी जसपाको ढल्केको छाता, जनमत पार्टीको लाउड स्पिकर, नेकपा एकीकृत समाजवादीको कलम, नागरिक उन्मुक्ति पार्टीको पिँध भएको ढकिया, लोकतान्त्रिक समाजवादी पार्टीको साइकल, नेपाल मजदुर किसान पार्टीको मादल, जनमोर्चाको गिलास र नेपाल समाजवादी पार्टीको खुलेको एक आँखा निर्वाचन चिह्न रहेका छन् ।

राजनीतिक दलहरूलाई निर्वाचन चिह्न प्रदान गरेसँगै पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशन गरिने आयोगले जनाएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
few clouds
29° _ 29°
15%
1 km/h
बिहि
30 °C
शुक्र
31 °C
शनि
32 °C
आइत
32 °C
सोम
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ