काठमाडौं । रूपन्देहीमा पहिलो पटक चेन होटल सञ्चालनमा आउने भएको छ। विश्वका ३८ मुलुकमा १६० वटा होटल सञ्चालन गरिसकेको लुभर होटल्स ग्रुपले रूपन्देहीको ओमसतिया गाउँपालिका ठुटीपिपलमा गोल्डेन टुलिप ब्राण्डको चेन होटल सञ्चालन गर्न लागेको हो। शनिभा इन बुटिक होटल एण्ड स्पाको व्यवस्थापनमा चारतारे गोल्डेन टुलिप होटल सञ्चालनका लागि सरोबर होटल्स एण्ड रिसोर्टसँग सम्झौता भएको छ। शानिभा इन बुटिक होटल एन्ड स्पाका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार केसी र सरोबर होटल्स एण्ड रिसोर्टका प्रबन्ध निर्देशक अशोक कुमार बकायाकाबीच व्यवस्थापन सम्झौतामा शुक्रबार हस्ताक्षर भएको हो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलोमिटर उत्तरतर्फ निर्माणाधीन रहेको गोल्डेन टुलिप होटल ६ महिनाभित्र सञ्चालन हुने केसीले जानकारी दिनुभयो। होटलको भौतिक संरचना २०७९ फागुनदेखि निर्माण भइरहेको र ६ महिनाभित्र सञ्चालनमा आइसक्ने उहाँले बताउनुभयो । पूर्वाधार निर्माणमा मात्रै ५० करोडभन्दा बढीको लगानी रहने गोल्डेन टुलिप होटललाई भैरहवा क्षेत्रकै सबभन्दा लक्जरी होटलका रूपमा चिनिने गरी तयार गर्न लागेको उहाँले बताउनुभयो । सुरूआतमा ५२ वटा स्तरीय कोठासहित सेवा दिने होटलमा रोजगारीका लागि स्थानीयलाई प्राथमिकता दिइने केसीले बताउनुभयो ।
रूपन्देहीमा पहिलो गोल्डेन टुलिप ब्राण्डको चेन होटल सञ्चालनमा आउर्दै

प्रतिक्रिया
ट्रेन्डिङ
चेकजाँचबाट बच्न झोला फालेर फरार, रतुवामाईमा २० लाख भारु बरामद
मोरङ । मोरङको सीमावर्ती क्षेत्र रतुवामाईबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ…
‘आदर्श दिव्य दर्पण’को १६औँ शृङ्खलामा ‘मानवताका आवाजहरू’ गुञ्जियो
बैंकक – अन्तर्राष्ट्रिय रेडक्रस दिवस तथा नर्स दिवसको पावन अवसर पारेर 'साहित्य मन थाइल्याण्ड'ले आफ्नो…
शिक्षामन्त्रीसँग संयुक्त राष्ट्रसङ्घ नियोगका प्रतिनिधिहरूको भेटवार्ता
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग संयुक्त राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक लीला पिटर्स…
संसदमा ज्ञानेन्द्र शाहीको आक्रोश : मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारमाथि गरिब, निमुखा र कमजोर नागरिकप्रति असंवेदनशील…

