सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संस्कार, संस्कृति र परम्पराको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्ने बताउनुभएको छ । काठमाडौँमा आयोजित मध्यपश्चिमाञ्चल साहित्य परिषद्को सातौँ साधारण सभामा मन्त्री शर्माले युवाको सक्रियताबाटै मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन सम्भव भएको प्रसङ्ग उल्लेख गर्दै समाजका विकृति, विसङ्गतिको अन्त्य र संस्कृति जगेर्ना गर्न नयाँ पुस्ता सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । समाजका हरेक क्षेत्रमा पहुँच र शक्तिवालाको बोलवाला चलेको उल्लेख गर्दै मन्त्री शर्माले रीति, थिति र अनुशासन कायम गर्न युवाको भूमिका रहनुपर्ने बताउनुभयो । कार्यक्रममा मध्यमाञ्चल साहित्यिक परिषद्का वरिष्ठ उपाध्यक्ष समिर शाहले देशको कला, संस्कृतिलाई जगेर्ना गर्न परिषद्ले अझ सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो । विसं २०५१ मा स्थापित परिषद्ले पुराना प्रतिभालाई संरक्षण गर्ने र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान गर्दै आएको छ । साहित्यिक परिषद्का संस्थापक अध्यक्ष केशव गिरीले यस क्षेत्रका भाषा, साहित्य संरक्षणमा अझ सशक्त रूपमा लैजान नयाँ पुस्ता लाग्नुपर्नेमा जोड दिनुभयो । साहित्यिक परिषद्ले लोकसंस्कृतिको संरक्षणमा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नुका साथै सम्मान गरेको छ । साथै आजै परिषद्को ‘खसानी’ गोष्ठीपत्र विशेषाङ्क लोकार्पण गरिएको छ । यो विशेषाङ्कमा २०७४ देखि हालसम्ममा मध्यपश्चिमका साहित्यिक अवस्थाका सम्बन्धमा सिर्जना गरिएका विभिन्न लेख, रचना समेटिएको छ ।
संस्कार, संस्कृतिको जगेर्नामा लाग्न नयाँ पुस्तालाई मन्त्री शर्माको आग्रह

प्रतिक्रिया
ट्रेन्डिङ
मोबाइल व्यवसायी महासङ्घ सुनसरीको ५औँ स्थापना दिवसमा रक्तदान
सामाजिक पहिचान सहितको व्यवसायीक सुरक्षा भन्ने मूल नाराका साथ सुनसरीको धरानमा स्थापना भएको नेपाल मोबाइल…
फुटबलप्रेमी धरानको नयाँ आकर्षण: रङ्गशाला चोकमा फुटबल स्तम्भ
धरान l धरानलाई ‘मिनी ब्राजिल’ भनिन्छ । धरानमा ब्राजिलका मानिसहरू जस्तै फुटबल खेलप्रति निकै ठुलो…
जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू
काठमाडौं । इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार जलन भएपछि तत्काल अपनाइने…
दार्चुला पुल निर्माण अभियानको आयव्यय सार्वजनिक, क्यूआर र प्रत्यक्ष सहयोगमार्फतउठ्यो २ करोड ५० लाखभन्दा बढी रकम
धरान । दार्चुलाको दुम्लिङ क्षेत्रमा निर्माणाधीन झोलुङ्गे पुलका लागि सञ्चालन गरिएको जनसहभागितामूलक आर्थिक अभियानको आयव्यय…


