३२ लाखको अवैध सामान बरामद

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

बाँके । बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको रु ३२ लाख बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो । गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका–६ सिमलघारीमा जाँच गर्ने क्रममा भे१च २३५७ नंको ट्रकमा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको सामान बरामद गरेको हो ।

बरामद गरिएका सामानमा रु १४ लाख ७० हजार बराबरको लत्ताकपडा, रु एक लाख ४० हजारको पित्तलका मूर्ति, भाँडावर्तन, सजावटका सामग्री र सामान बोक्न प्रयोग गरिएको ट्रक रहेका छन् ।

ट्रक चालकसहित दुईजनालाई पक्राउ गरिएको सूचना अधिकारी भारतीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ का ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन् । दुवैजनालाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयलाई बुझाइएको छ ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
24°C
Kathmandu
drizzle
24° _ 24°
94%
3 km/h
मंगल
23 °C
बुध
26 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
25 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ