काठमाडौं । सरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू गरेपछि एकै दिन ११ अर्ब ३ करोड रुपियाँ कर संलग्न भएको छ । बिहीबार मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कर उठाउने बाटो खुलेको थियो ।अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझबुझ पूर्ण निर्णय गर्दै चालु आर्थिक वर्ष २०८०र०८१ को आर्थिक विधेयकमा एफपीओ र मर्जरको आयमा कर लाग्ने व्यवस्था गर्नुभएको थियो। यसरी संवैधानिक व्यवस्था विपरीत नयाँ कर लगाएको र भूतप्रभावी कानुन ल्याएर लगानीको वातावरण बिगारेको भन्दै आर्थिक विधेयकको दफा २६ र २७ नम्बरको बुँदा बदर गर्न माग गर्दै १६ वाणिज्य बैंकले गत भदौ २९ गते सर्वोच्चको संवैधानिक इजलाशमा संयुक्त रिट दायर गरेका थिए । सरकारको उक्त निर्णय विरुद्ध परमादेश माग गर्दै बैंकर र बीमकले सर्वोच्चमा रिट दायर गरेका थिए । यसरी सरकारले कर उठाउन पाएको अवस्थामा बजारबाट सरकारलाई करिब ४० अर्ब रुपैयाँ कर उठ्ने बताइएको छ ।
मर्जर र एफपीओमा करबाट एकै दिन ११ अर्ब ३ करोड रुपियाँ कर संलग्न

प्रतिक्रिया
ट्रेन्डिङ
बाढी पीडितको राहत रकममा एनआरएनए थाइल्याण्डको ठूलो आर्थिक अनियमितता: सरकारको एकद्वार प्रणाली लत्याउँदै व्यक्तिगत संयुक्त खाता प्रयोग, १३ लाख ९० हजार भाट अझै हिनामिना गरिएको आशंका
थाइल्याण्ड- नेपालमा हालै आएको विनाशकारी बाढी-पहिरो पीडितका नाममा थाइल्याण्डबाट संकलित लाखौँ रुपैयाँमा गैरआवासीय नेपाली संघ…
उपत्यकाव्यापी दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ आयोजना हुँदै
काठमाडौँ- नेपालको मौलिक कला, संस्कृति तथा परम्परागत बाजागाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ चन्द्रागिरि…

