Ad imageAd image

बागमतीमा पछिल्लो २४ घण्टामा १० जना कोरोना सङ्क्रमित

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण विगतमा शून्य जस्तै रहेको अवस्थामा बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको सार्वजनिक गर्दै बागमती प्रदेशमा नयाँ १० जनामा  कोरोना सङ्क्रमण भएको पाइएको छ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मङ्गलबार यस प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना कोरोना सङ्क्रमित फेला परेको जनाएको छ। सोमबार साँझको मन्त्रालयद्वारा कोरोनासम्बन्धी विवरणमा बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा सङ्क्रमण शून्य रहेको थियो। पछिल्लो २४ घण्टामा नेपालभरमा १५ जना कोरोना सङ्क्रमित थपिएको तथ्याङ्क छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा २१ जनाको स्वाव परीक्षण गर्दा १० जनामा कोभिड १९ भेटिएको हो। यस्तै बागमती प्रदेशमा हालसम्म ४४ लाख नौ हजार ११० जनाको स्वब परीक्षण गरिएकोमा मङ्गलबारसम्ममा पाँच लाख ९३ हजार ६३३ जनामा कोरोना सङ्क्रमण भएको छ। 

कोरोनाका कारण यस प्रदेशमा कोरोना सङ्क्रमण सुरु भएयता हालसम्ममा पाँच हजार ३७५ जनाको मृत्यु भइसकेको छ। साथै यस प्रदेशमा कोरोना विरुद्धको खोप लगाइएको सङ्ख्या एक करोड ४४ लाख ४१ हजार ४८१ रहेको छ।

- Advertisement -
Ad imageAd image

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान पुष्टि भएको जनाइएको छ।

सेयर: 0
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
29°C
Kathmandu
broken clouds
29° _ 29°
41%
2 km/h
सोम
28 °C
मंगल
31 °C
बुध
31 °C
बिहि
31 °C
शुक्र
32 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ