Ad imageAd image

कालिका मन्दिरमा जेठमा १८ लाख सङ्कलन

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

गलकोट (बागलुङ), ४ असार नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठमा रु १८ लाख सङ्कलन भएको छ । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको जेठको आम्दानी खर्च विवरणअनुसार रु १८ लाख २६ हजार सङ्कलन भएको छ । उक्त रकम भने चालु वर्षकै सबैभन्दा थोरै हो ।

गत महिना वैशाखमा मात्रै कालिका भगवती गुठी व्यवस्थापन समितिले रु ५८ लाख २४ हजार सङ्कलन गरेको थियो । कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार जेठमा १८ लाख २६ हजार आम्दानी र रु १० लाख २१ हजार खर्च भएर रु आठ लाख पाँच हजार बचत भएको बताउनुभयो । खड्काले बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्न आउने श्रद्वालु भक्तजनलाई बास बस्नका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गा नजिकै धर्मशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गर्न थालिएको उहाँले जानकारी दिनुभयो । उहाँले मन्दिरको भेटीबाट धर्मशाला निर्माण गरिनेछ ।

जेठमा भक्तजनले मन्दिरमा चढाएको भेटी रु ११ लाख ९६ हजार दुई सय ६५, सटर भाडाबाट रु तीन लाख छ हजार चार सय, आर्थिक सहयोग बापत रु ५६ हजार छ सय ८३, परेवा बिक्रीबाट रु दुई लाख ४० हजार सात सय ५०, चामल बिक्रीबाट रु नौ हजार, बोकाको टाउको बिक्रीबाट रु ११ हजार नौ सय, कुखुरा बलिबाट रु नौ सय, राँगा बलिबाट रु तीन हजार छ सय, विवाहबाट रु एक हजार र पण्डितबाट रु चार सय आम्दानी गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो । जेठमा कर्मचारीको तलबभत्तामा रु चार लाख ३४ हजार, विद्युत्मा रु २९ हजार पाँच सय ८०, अतिथि सत्कारमा रु ४६ हजार, उपहार रु नौ हजार, पूर्वाधारतर्फ रु दुई लाख ३६ हजार, पूजा खर्च रु ५५ हजार, जग्गा व्यवस्थापन रु एक लाख ५० हजार, खाद्य तथा आवास रु ५७ हजार र विज्ञापनमा रु पाँच हजार खर्च भएको अध्यक्ष खड्काले बताउनुभयो ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
clear sky
23° _ 23°
67%
बिहि
25 °C
शुक्र
22 °C
शनि
22 °C
आइत
22 °C
सोम
23 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ