Ad imageAd image

कर्णाली प्रदेश सरकार गठन, ५ जना मन्त्रीले खाए शपथ

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौं । कर्णाली प्रदेश सरकारमा ५ जना मन्त्रीले शपथग्रहण गरेका छन्। मंगलवार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा ५ जना मन्त्रीले शपथ ग्रहण गरेका हुन्।

माओवादीबाट ३ जना र एमालेबाट २ जना सांसदले शपथग्रहण गरेका छन्। एमालेबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मुख्यमन्त्रीबाट नाम सिफारिस भएका सांसद विनोद कुमार शाहले शपथग्रहण बहिष्कार गरेका छन्। उनले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा इच्छा राखेको एमाले निकट श्रोतले जनाएको छ।

मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठनका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएसँगै मन्त्रीमा नियुक्त भएकाहरूमा माआवोदीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीमा दुर्ग रावतले शपथ खाएका छन्।

त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, भौतिक  पूर्वाधार तथा शहरी विकास राज्यमन्त्रीमा गोमता विकले शपथ खाएका छन्। यसअघि माओवादीबाट विनाविभागिय मन्त्री शपथ खाएका रनसिंह परिवार जलश्रोत तथा ऊर्जा विकास मन्त्री भएका छन्।

- Advertisement -
Ad imageAd image
सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
23°C
Kathmandu
thunderstorm with drizzle
23° _ 23°
53%
4 km/h
आइत
22 °C
सोम
25 °C
मंगल
24 °C
बुध
25 °C
बिहि
26 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ