Ad imageAd image

तिब्बतमा ६.८ म्याग्निच्युडको भूकम्प, चीनले दोस्रो तहको आपतकालीन सेवा प्रतिक्रिया सक्रिय गर्यो

थाइल्याण्ड नेपाल डटकम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

तिब्बत, जनवरी ७ – तिब्बतको शिगात्सेस्थित डिङ्ग्री काउन्टीमा आज बिहान ९:०५ बजे ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। चीनको भूकम्प सञ्जाल (China Earthquake Networks Center) अनुसार भूकम्पको केन्द्र उत्तर अक्षांश २८.५० डिग्री र पूर्व देशान्तर ८७.४५ डिग्री मा रहेको थियो। भूकम्प १० किलोमिटर गहिराइमा गएको र त्यस क्षेत्रको औसत उचाइ ४,४७१ मिटर रहेको छ।

चीनको केन्द्रीय टेलिभिजन (CCTV) को रिपोर्टअनुसार हालसम्म ९ जनाको मृत्यु भइसकेको छ भने अन्य घाइते भएका छन्। भूकम्पको असरबारे विस्तृत विवरण आउन बाँकी छ।

चीनको आपतकालीन प्रतिक्रिया

भूकम्पपछि चीनको भूकम्प ब्युरोले दोस्रो तहको आपतकालीन सेवा प्रतिक्रिया सक्रिय गरेको छ। आपतकालीन व्यवस्थापन मन्त्रालयका अधिकारीहरूले तत्काल बैठक आयोजना गरी उद्धार कार्यलाई प्राथमिकता दिने निर्णय गरेका छन्। चीन भूकम्प ब्युरोका प्रमुखले चीनको भूकम्प सञ्जाल केन्द्र, तिब्बत स्वायत्त क्षेत्रको भूकम्प ब्युरो लगायत अन्य सम्बन्धित निकायसँग भिडियो कन्फरेन्समार्फत ताजा जानकारी लिँदै निरन्तर अनुगमन र विश्लेषण गर्ने निर्देशन दिएका छन्

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन चीन भूकम्प ब्युरोका एक उच्च अधिकारीको नेतृत्वमा विशेष टोली पठाइएको छ। यस टोलीले स्थानीय प्रशासनलाई आपतकालीन व्यवस्थापन, राहत वितरण र घाइतेहरूको उद्धारमा सघाउनेछ

- Advertisement -
Ad imageAd image

तिब्बत स्वायत्त क्षेत्रको आपतकालीन कदम

तिब्बत स्वायत्त क्षेत्रको भूकम्प ब्युरोले पनि २६ सदस्यीय आपतकालीन टोलीलाई भूकम्प प्रभावित क्षेत्रमा खटाएको छ। टोलीले स्थानीय प्रशासनलाई भूकम्पपछिको उद्धार, राहत तथा जोखिम न्यूनीकरण प्रक्रियामा सहयोग गर्ने बताइएको छ।

भूकम्पको थप असर तथा उद्धार कार्यबारे आधिकारिक जानकारी आउन बाँकी छ। सरकारी निकायहरू भूकम्प प्रभावित क्षेत्रको अनुगमन गर्दै छन्

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
28°C
Kathmandu
broken clouds
28° _ 28°
50%
2 km/h
शुक्र
27 °C
शनि
31 °C
आइत
32 °C
सोम
31 °C
मंगल
30 °C
ट्याग गरिएको:
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ