Ad imageAd image

८ जना तीर्थयात्री बगाएको खोलामा अस्थायी लाप्का

थाइल्याण्ड नेपाल डट्कम
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

मुगु । मुगु छायानाथ रारा नगरपालिका वडा न १ स्थित अल्का साघु भन्ने स्थानमा नगर पालिकाले अस्थायी साँघु बनाएको छ ।

सोमबाट छायानाथ धामबाट फर्कदै गरेका तीर्थयात्रु मध्ये ८ जना उक्त स्थान भएर बगेको गमगाढ खोला माथि लगाइएको लाप्कोबाट खसेपछि मंगलबार नगरपालिकाले २ वटा लाप्का लगाएको हो ।

छायानाथ रारा नगरपालिका वडा न १ का वडा अध्यक्ष पदमराज मल्लका अनुसार वडाको पहलमा नेपाल प्रहरी,ससस्त्र प्रहरी,नगरप्रहरी र वडा न १ श्रीनगर र घाटगाउँका स्थानियहरुको सहयोगमा २ वटा काठका लाप्का लगाइएको छ ।

- Advertisement -
Ad imageAd image

‘स्थानियहरुले काठको एउटा लाप्को लगाएपनि सानो र हिड्न सााघुरो लाप्को भएकाले तीर्थयात्रुहरु नदीमा खसे त्यसैले सबैको सहयोगमा आज चाक्लो फराकिला

गमगढी–नाक्चेलाग्ना सडक अन्तर्गत पर्ने यो खण्डमा सडक डिभिजन कार्यालयले ठेक्का खोलेर पक्की पुल लगाउन काम शुरु गरेपनि कछुवा गतिमा काम गर्दा मानिसलाई आवत जावत गर्न समस्या हुँदै आएको छ ।

छायानाथ रारा नगरपलिका वडा न १, १०, ११ र १२ बस्तिहरु र सिङ्गो मुगुम कार्मारोङ्ग गाउँपालिका यहि खोला भएर आवत जावत गर्ने गर्छन् ।

सोमबार लाप्कोबाट खसेका ८ जनाको श्रीनगर गाउका युवाहरु,नेपाल प्रहरी,नगरप्रहरीले उद्दार गरेका थिए । उद्दार गरिएका मध्य ३ जनाको जिल्ला अस्पतालमा मुगुमा उपचार गरिएको छ ।

छायानाथबाट फर्कदै गरेका तिर्थ यात्रु प्रजोल मल्लले लाप्कोबाट खस्दै गरेका २ जना तीर्थ यात्रुको विहान खिचेको भिडियो र दिउँसो गमगाढ खोलामा खसेको अन्य यात्रुको श्रीनगर गाउँका युवा रामराज मल्लसहित अन्य युवा तथा प्रहरीहरुले उद्दार गर्दै गरेको भिडियो विभिन्न सञ्चार माध्यम र सामाजिक सन्जालमा भाइरल हुँदा सरकारको चर्को आलोचना भउको थियो ।

खोला तर्ने क्रममा सोमबार स्थानीय सपना मल्ल, सक्कली शाही, नन्द राज मल्ल, धर्मराज बिक, बिष्णु बिक, सञ्जु बिक, पिउली सरा बिक र एक जना नाम नखुलेका अर्का युवा सहित ८ जना गमगाढ खोलामा खसेका थिए ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
100%
2 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
29 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ