Ad imageAd image

स्वास्थ्य मन्त्रालयले दियो अस्पतालका उपकरण मर्मत गर्ने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

थाइल्याण्ड नेपाल डट्कम
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितिमा बुधवार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको हो ।

मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

- Advertisement -
Ad imageAd image

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामीसँग सिमित स्रोत साधन छ, हामीले साधनस्रोत बढाएर तत्काल हाम्रा आवश्यकता अनुसारको उपकरणहरु खरिद गर्नसक्ने अवस्था छैन, त्यसैले अहिले  हामीसँग  भएका उपकरणहरुलाई बढि भन्दा बढि कसरी प्रयोगमा ल्याउन सकिन्छ ? प्रयोगमा नआएर थन्किएका उपकरणहरुलाई मर्मत गरेर प्रयोगमा ल्याउन सकियो भने धेरै ठुलो खर्च हुँदैन्, त्यसैले राज्यको सिमित खर्चभित्र  उपकरण व्यवस्थापन गर्न  हामीले यो काम सुरु गरेका हौँ ।’

साथै, उनले यो कामबाट अस्पतालहरुमा उपकरण उपलब्ध हुने बताए । उनले केन्द्रको सहयोगमा राज्यको खेर गइरहेको सम्पत्तिको उपयोगबाट बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने आशा गरेको बताए ।

सेयर: 8
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
17°C
Kathmandu
few clouds
17° _ 17°
100%
2 km/h
बुध
28 °C
बिहि
26 °C
शुक्र
26 °C
शनि
29 °C
आइत
29 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ