आज तराई क्षेत्रमा होली पर्व मनाइँदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

काठमाडौ । आज तराई क्षेत्रमा होली पर्व मनाइँदैछ । ‘जोगिरा सररर।…’ लगायतका गीतमा नाचगान गर्दै, रङ खेलेर होली मनाउने गरिन्छ ।

सप्तरीका राजनीतिकर्मी शङ्कर झाका अनुसार आज जनकपुरबाहेक मधेसका थुप्रै स्थानमा होली मनाउने गरिएको छ । होली पर्व जनकपुरमा भने मङ्गलबार मनाउने उहाँको भनाइ छ ।

“मधेशमा होली पर्व विशेष रुपले लिइन्छ”, उहाँले भन्नुभयो । होली मनाउने अघिल्लो दिन ‘होलीका’ दोहन गरिन्छ । आज बिहानै खीर, मालपुवा, दालको पुरी, फलफुल बनाएर कुलपुजा गर्ने चलन छ ।

त्यस्तै, ठूलाबडाको हातबाट अविर लगाएर होली पर्व मनाउन थालिने मधेशको परम्परा छ ।

झाका अनुसार पहाडमा भन्दा मधेसमा होली केही भिन्न छ । गाउँमा समूह बनाएर होरी गीत गाएर नाचगान गर्ने चलन छ । झा भन्नुहुन्छ, “जोगिरा सररर… बोलको गीत मधेसमा निकै चर्चित छ ।

राधा-कृष्ण र शिव-पार्वतीको प्रेम प्रसङ्गमा गाउने गीत पछिल्लो समय युवा पुस्ताले आफ्नै शैलीमा पस्किन थालेको उहाँले सुनाउनुभयो ।

संस्कृतिविद् धीरेन्द्र प्रेमर्षिले मधेसको होलीमा भाइचारा र आत्मीयता अधिक हुने गरेको बताउनुभयो । “ठूला साना सबैको सम्मानपूर्वक व्यवहारसहित होली खेलिन्छ”, उहाँ भन्नुहुन्छ, “नया पुस्ताले त्यही संस्कार सिको गर्दै आएका छन् ।” रासस

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
11°C
Kathmandu
mist
11° _ 11°
82%
1 km/h
बुध
26 °C
बिहि
26 °C
शुक्र
27 °C
शनि
15 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ