चौरजहारी नगरपालिकाद्धारा द्वन्द्व प्रभावित पूर्व जनमुक्ति सेनाहरुलाई सम्मान

संवाददाता
2 मिनेटमा पढ्न सकिने
2 मिनेटमा पढ्न सकिने

रुकुमपश्चिम : चौरजहारी नगरपालिकाले द्वन्द्व प्रभावित पूर्व जनमुक्ति सेनाहरुलाई सम्मान गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि तत्कालिन जनुमुक्ति सेनाले गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

चौरजहारी नगरपालिका भित्र करिब १२० जना पूर्व जनमुक्ति सेनाहरु रहेको र उपलब्ध भएकाहरुलाई दोसल्ला, प्रमाणपत्र, अबिर लगाएर सम्मान गरिएको नगर प्रमुख पुष्प बादीले जानकारी दिनुभयो ।  चौरजहारी नगरपालिकामा सिएमसी नेपालको सहयोगमा सञ्चालित मनोसामाजिक परामर्श सेवा कार्यक्रम अन्तर्गत पूर्व जनमुक्ति सेनाहरुको सामाजिक पूनस्र्थापनालाई मध्यनजर गर्दै सम्मान गरिएको हो । 

तत्कालिन द्वन्द्वरत पक्षहरु बिचको बैमनश्यता र मनमुटाब कम गर्ने, विगतका तिक्तताहरु मेटाउने गरेर सहभोज कार्यक्रम आयोजना गरिएको र त्यसको अवसरमा द्वन्द्व प्रभावित पूर्व जनमुक्ति सेनाहरुलाई सम्मान गरिएको नगर प्रमुख बादीले बताउनुभयो ।    

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शेर प्रसाद ढकालले नगरपालिकाले तत्कालिन द्वन्द्वरत पक्षहरु बिच सामाजिक सद्भाव, एकता र मेलमिलाप गर्ने विभिन्न खालका कार्यक्रम गर्दै आएको बताउनुभयो । त्यसक्रममा सहभोग कार्यक्रम र सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा पूर्व जनमुक्ति सेनाका तर्फबाट गंगाराम पोखरेल (जीवन)ले तत्कालिन जनमुक्ति सेनाहरुको दिगो व्यवस्थापनले मात्र शान्ति प्रक्रियाका बाँकि कार्यहरुले पूर्णता पाउने बताउनुभयो ।

उहाँले राज्यले पूर्व जनमुक्ति सेनाको योगदानलाई भुल्न नहुने उल्लेख गर्नुहुँदै उहाँले जनमुक्ति सेनाहरु रोजगारीको अभावमा भौतारिनु पर्ने अवस्थाको अन्त्य गरिनुपर्ने जनाउनुभयो । पूर्व जनमुक्ति सेनाहरुलाई स्वरोजगार र आयआर्जनका काममा लगाउन आवश्यक रहेको समेत पोखरेलले बताउनुभयो ।

सेयर: 3
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
22°C
Kathmandu
few clouds
22° _ 22°
28%
2 km/h
बुध
25 °C
बिहि
26 °C
शुक्र
25 °C
शनि
12 °C
आइत
19 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ