रुकुम पश्चिममा स्थानीय पुरुषले हँसिया प्रहार गर्दा एक महिला घाईते

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

रुकुम पश्चिम । जिल्लाको सानीभेरी गाउँपालिका ४ निवासी ४१ वर्षिया कालिका देवी मल्लमाथि बिहिबार बेलुका स्थानीय एक पुरुषले हँसिया प्रहार गरेका छन् ।

स्थानीय गारछाला भन्ने स्थानमा गिट्टी कुटिरहेको समयमा पछाडिबाट सोहि गाउँका भिमसेन मल्लले धारिलो हँसिया प्रहार गरेका थिए । हँसिया प्रहारबाट घाईते मल्लको चौरजहारी अस्पताल सामान्य उपचारपछि बिहिबार राती नै थप उपचारको लागि नेपालगञ्ज ल्याईएको घाईतेकी मल्लकी नन्द लक्ष्मी मल्लले बताउनुभयो ।

भाउजुको घाँटि छुट्याउने नियतका साथ हतियार प्रहार भएको उहाँको भनाई छ । हँसिया प्रहारबाट मल्लको घाँटि नजिकको भागमा गहिरो चोट लागेको छ ।


हँसिया प्रहार गर्ने मल्लले यसअघि घाईतेका परिवारका महिलाहरुलाई हातपात गरेका थिए । घटना स्थानीय प्रहरीमा मेलमिलाप भएको थियो । घटनामा संलग्न भिमसेन फरार रहेको र उनको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

सेयर: 17
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
20°C
Kathmandu
broken clouds
20° _ 20°
58%
1 km/h
आइत
30 °C
सोम
32 °C
मंगल
33 °C
बुध
33 °C
बिहि
27 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ