कृत्रिम बौद्धिकता अवसरसँगै चुनौती पनि होः उपाध्यक्ष पाण्डे

राष्ट्रिय समाचार समिति(रासस)
1 मिनेटमा पढ्न सकिने

काठमाडौँ, १७ चैत: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रयोग विश्वमा नयाँ युगको आरम्भ गर्नाका साथै चुनौती पनि थपेको बताउनुभएको छ ।

सो पार्टीको विज्ञान तथा प्रविधि विभागले आज आयोजना गरेको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) तथा नवीन प्रविधिका विषयक राष्ट्रिय सम्मेलनमा महासचिव पोखरेलले आधुनिक समयमा सूचना, विज्ञान र प्रविधिलाई आत्मसात् गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सो पार्टीका महासचिव शङ्कर पोखरेलले प्रविधिको विकासलाई आत्मसात् गरेर मात्र समृद्धि प्राप्त गर्न सकिने बताउँदै आफ्नो पार्टीले यस क्षेत्रलाई सधैँ महत्व दिँदै आएको जनाउनुभयो ।

विभागका प्रमुख टङ्क कार्कीले आर्टिफिसियल इन्टेलिजेन्सको विकास, यसको प्रभाव र नीतिगत व्यवस्थाका विषयमा बहस गर्नुपर्नेमा जोड दिनुभयो ।

सो विभागका सचिव सञ्जीव रोकाहाका अनुसार कार्यक्रममा सूर्यबहादुर बस्नेत, रमेश पौडेल, डा झनक पराजुली, विवेक रानाले आर्टिफिसियल इन्टेलिजेन्सका विविध पक्षबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

सेयर: 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
21°C
Kathmandu
scattered clouds
21° _ 21°
35%
2 km/h
सोम
24 °C
मंगल
26 °C
बुध
27 °C
बिहि
28 °C
शुक्र
28 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ