काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण फलदायी भएको बताउनुभएको छ । सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किनुभएका श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भ्रमण सफल भएको दावी गर्नुभयो । नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको बताउनुभयो । त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त उहाँको छ ।
साहित्य मन थाइल्याण्डद्वारा ‘आदर्श दिव्य दर्पण’ शृङ्खला २७ सम्पन्न: मानसिक स्वास्थ्य र प्रविधिको प्रभावबारे गहन विमर्श
बैंकक – साहित्य मन थाइल्याण्डले आफ्नो नियमित अनलाइन साहित्यिक शृङ्खला ‘आदर्श दिव्य दर्पण’ को २७ औँ भाग भव्य रूपमा सम्पन्न गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भ पारेर संस्थाले ‘मनभित्रको…


