लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिँदै

संवाददाता
1 मिनेटमा पढ्न सकिने
1 मिनेटमा पढ्न सकिने

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिनुहुने भएको छ ।

सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा गर्न थालेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीले लुम्बिनी प्रदेशमा राप्रपा र नागरिक उन्मुक्ति पार्टीसहित साना दलको साथ लिएर सरकार जोगाउने प्रयास गरे पनि सफल हुन नसकेपछि राजीनामाको तयारी गर्नुभएको बुझिएको छ ।

मुख्यमन्त्री चौधरी वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई वैशाख १९ मा विश्वासको मत लिनुभएको थियो । मुख्यमन्त्री चौधरी आज बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गर्नुभएको छ ।

सरकारको पक्षमा बहुमत नपुग्ने भएपछि राजीनामा दिने तयारी गर्नुभएको योजना आयोगका उपाध्यक्ष नहकुल केसीले जानकारी दिनुभयो । यस विषयमा निर्णय गर्न मुख्यमन्त्री चौधरीले नेपाली काङ्ग्रेस संसदीय दलको बैठक बोलाउनुभएको छ ।

मुख्यमन्त्री चौधरीले राजीनामा गर्ने भएपछि लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ । नयाँ गठबन्धनमा लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) लाई मुख्यमन्त्री दिने सहमति भएको छ ।

माओवादीले मुख्यमन्त्री पाए माओवादी संसदीय दलका नेता रोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य जोखबहादुर महरा मुख्यमन्त्री बन्नु हुनेछ । नयाँ गठबन्धनको नेतृत्वमा बहुमत पुग्ने देखिएको छ ।

सेयर: 4
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
मौसम
9°C
Kathmandu
mist
9° _ 9°
100%
2 km/h
शुक्र
22 °C
शनि
22 °C
आइत
21 °C
सोम
23 °C
मंगल
24 °C
प्रतिक्रिया

प्रतिक्रिया

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ